काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक्लै आगामी आमनिर्वाचनमा लड्ने बताउनुभएकाे छ । शनिबार कांग्रेस क्षेत्रीय समितिले बुटवलकाे भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयाे । अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुद…