काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । ८ दलको सहमतिमा प्रस्तावित पौडेल राष्ट्रपति बन्न कसैले रोक्न नसक्ने उहाँले बताउनुभएकाे हाे । जुनसुकै ओहोदामा पुगेका व्यक्तिले पनि आफ्नो मर्यादाको…