खाडिचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नाङ्गिएको बताउनुभएको छ । भारतको इशारामा प्रतिनिधिसभा विघटन गरेर शक्तिशाली बन्न खोजेका ओलीको राष्ट्रवाद नाङ्गिएको उहाँले बताउनुभएको हो । चुच्चे नक्सा सार्वजनिक गरेर चर्चा कमाएका प्रधानमन्त्री ओलीले भारतका एकजना आएर भेट्नासाथ नक्सा नै परिवर्तन गरेको उहाँको आरोप छ ।…