काठमाडौं । जीवित देव भैरवको रूपमा ३ वर्ष १० महिनाको बालक क्रष्नव शाक्यलाई प्रतिस्थापन गरिएको छ । तलेजु भवानी मन्दिरका मूल पुजारी उद्दव बज्राचार्यले शनिबार विधिवत रूपमा शाक्यलाई नयाँ भैरवको रूपमा प्रतिस्थापन गर्नुभएको हो । गुठी संस्थानले शाक्यलाई छनोट गरेपछि काठमाडौं क्वहिटीमा बस्ने शाक्यलाई उहाँकै घरमा भैरवको रूपमा तान्त्रिक पूजा गरेर प्रतिस्थापन गरिएको हो ।…