काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले साेमबार अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यहि मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जानुहुने भएकाे छ। अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको…