पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अंग्रेजी नयाँ वर्ष स्वागत गर्न सडक महोत्सव आयोजना गरिएको छ । बिहीबार साँझ सडक महोत्सवका क्रममा न्यू इयर इभ मनाइएकोमा लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो । मध्यरातमा फेवाताल किनारबाट पर्यटकहरूले नयाँ वर्षको भव्य स्वागत गरेका थिए । गत वर्षदेखि सुरु कोभिड–१९ को प्रभाव कायमै रहेको बेला आयोजित महोत्सवमा…