गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ । गोरखा संग्रहालयभित्र रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम…