काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी–तिनाउ डाइभर्सन अघि नबढाउन संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । महत्वाकांक्षी योजनाको रूपमा अगाडि सारिएको सो परियोजनाको आज बुटवलमा कार्यालय स्थापना गरिएपछि मुख्यमन्त्री पोखरेलले त्यसको विरोध गर्नुभएको हो । फेसबुकमा एक स्टाटस लेख्दै उहाँले प्रदेश सरकारसँग समन्वय नै नगरी एकतर्फ ढंगले डाइभर्सन आयोजना अघि बढाएको भन्दै प्रदेशवासीको…