काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट पछि नहट्ने बताउनु भएको छ । आइतबार ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको छ । सरकारले संसदीय छानबिन बनाउन सक्ने संकेत दिएको अवस्थामा ओलीले संसदीय समितिहरुमा सत्तापक्षको बहुमत रहेकाले…