काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका पराजुलीको उपचारकै क्रममा आज बिहान निधन भएको हो । साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा कृतिहरु प्रकाशित छन् । शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो र भ्रष्ट समवेदना (कविता), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा…