पर्वत, पुस २६ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा पर्वतका दुई स्थानीय तहमा मंगलबार सार्वजनिक विदा दिइने भएको छ । पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । राष्ट्रिय एकता दिवसको अवसरमा दुवै स्थानीय तहका कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा, स्वास्थ्य तथा शैक्षिक संघ संस्थामा…