काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट हेर्न नभ्याइनेमा परेको छ । आफ्नो उमेदवारी खारेजविरुद्ध गुरुङले सर्वोच्च अदालतमा हालेको रिटमा बुधबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो…