Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए पद तथा गोपनियताको शपथ

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएकाे हाे । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।