काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बिहीबार हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा…