आइतबार अपरान्ह व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा समेत संशोधन प्रस्तावप्रति प्रमुख विपक्षी दलले घोर असहमति जनाइरह्यो । केही समयपछि केपी ओली र पुष्पकमल दाहाल बैठक स्थलबाट जुरुक्कै उठेर एक घण्टाभन्दा बढी गोप्य मन्त्रणामा व्यस्त भए । गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेलगायत नौ…