२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ । २०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा गरी ज्ञानेन्द्र शाहलाई बिनाकुनै औपचारिक बिदाइ नारायणहिटी राजदरबार छाड्न बाध्य पारिएको थियो । त्यसपछि पूर्वराष्ट्राध्यक्षका…