Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार, छोरीको बिहेपछि सर्ने तयारी


0
Shares

भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो ।

‘अब कोठा सजावटका केही काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीले भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ ।’

शीतलनिवास भत्काउने तयारी

नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ । १२ वैशाख २०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो ।

भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ ।

छोरीको बिहेलगत्तै राष्ट्रपति नयाँ भवनमा

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसम र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदैछ ।

विवाहमण्डप शीतल निवासमै बनाइएको छ । विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ । –नयाँ पत्रिका दैनिकबाट