समितिले फौजदारी सजाय निर्धारणसम्बन्धी विधेयक पनि पारित गरेको छ । मुलुकी ऐन प्रतिस्थापनका पाँचमध्ये चार विधेयक आइतबारसम्म समितिले पारित गरेको छ । पारित संहिताले नेपाल कानुनमा धेरै नयाँ व्यवस्था थप गरेको छ । नेपालको फौजदारी कानुनको इतिहासमै पहिलोपटक छाउपडी प्रथालाई कसुर घोषित गरिएको छ । यस्तै खेल मिलेमतोलाई राज्यविरुद्धको अपराधको रूपमा कसुरमा समावेश गरिएको छ…