अन्तराष्ट्रिय स्तरको बन्ने भयो नयाँ बसपार्क, यस्ता छन् सुविधा • Image Khabar Image Khabar


अन्तराष्ट्रिय स्तरको बन्ने भयो नयाँ बसपार्क, यस्ता छन् सुविधा


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार ०६:४३

अन्तराष्ट्रिय स्तरको बन्ने भयो नयाँ बसपार्क, यस्ता छन् सुविधा

अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ ।

बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउदेश्यीय प्रालिबीच २०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए ।

सम्झौताअनुसार प्रालिले अन्तराष्ट्रिय स्तरको बसपार्क चार बर्षभित्र बनाउनुपर्ने छ । बसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताइएको छ ।

बसपार्कलाई हेर्ने दृष्टिकोणमात्र होइन, मुहार नै फेर्ने काम भइरहेको प्रालि अध्यक्ष दिपक कुँवरले बताए ।

हाल चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी साधन अट्ने गरी निर्माण गरिने, सात तले व्यापारिक भवन सहित बाल उद्यान, यात्रुका लागि वेटिङरुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि निर्माण गरिने छ । उच्च स्तरका होटल तथा रेस्टुरेन्ट समेत सञ्चालन गरिने छ ।

टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ । बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ ।

-नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्