मुलुकमा यायातात संचालनमा संस्थागत रुपमै सिन्डिकेट रहेको निष्कर्ष निकाल्दै यसको सट्टामा सबै व्यवसायीले कम्पनी कार्यालयमा दर्ता भएर चल्नुपर्ने समितिको ठहर छ । सोमबार बसेको समिति बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरु संस्था दर्ता ऐनअनुसार दर्ता गर्ने र नवीकरण गर्ने कार्य स्थगित गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति रविन्द्र अधिकारीले बताए । समितिले कुनै पनि…