काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । नागरिक पत्रिकालाई प्राप्त कागजात अनुसार भारत, विहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्बाचन आयोगको आधिकारिक बेबसाइट ‘डब्लुडब्लुडब्लु डट इसिआई डट…