काठमाडौं । आकासमा उडिरहेको विमानसँग सञ्चार सम्पर्क गर्ने 'भीएचएफ रेडियो फ्रिक्वेन्सी' टावरमा अवरोध उत्पन्न भएका कारण आइतबार दिउँसो साढे २ बजेदेखि केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित बन्यो । विमानस्थलको टावर र उडिरहेको विमानसँग सम्पर्क हुने फ्रिक्वेन्सी सञ्चार उपकरणमा देखिएको समस्याका कारण दिउँसो साढे २ बजेदेखि झन्डै ४५ मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई…