काठमाडौं, मंसिर ३ । ‘आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं ।’ लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ । यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने सरकारको तयारी छ । परिषदका कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन्…