काठमाडौं । अबदेखि दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, स्वरोजगार वा सेयर बजारका लगानीकर्ता पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने भएका छन् । कोषले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारलाई पनि समेट्ने गरी तयार पारेको कार्यविधि अन्तिम चरणमा पुगेको छ । कोषले आगामी आर्थिक वर्षदेखि कार्यविधि कार्यान्वयनमा ल्याउने भएको छ । कोषले अनौपचारिक रोजगारीमध्ये कुनै एक प्रकारको रोजगारी…