Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


बेपत्ता दिवस : २१ वर्षपछि मृत्युको न्यायिक घोषणा

काठमाडौं । २०५७ फागुन १० गते बेपत्ता बनाइएका बिर्खलाल कुँवरको परिवारले २१ वर्षपछि अदालतबाट मृत्युको न्यायिक घोषणा पाएको छ। रोल्पा नगरपालिका–१ बासिनाका बिर्खलाललाई तत्कालीन विद्रोही पक्षले ४३ वर्षको उमेरमा घरबाटै बेपत्ता बनाएको थियो। साना ५ छोराछोरीलाई पत्नी बिरमाले कष्टपूर्वक हुर्काइन्। बिर्खलाल बेपत्ता भएपछि त्यो परिवारमा परेको पीडाका बारेमा कहीं कतैबाट सोधखोज भएन, सहयोगको त कुरै…