काठमाडौं । टीकापुर घटनामा जेलमा रहेका पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो । टीकापुर घटनामा उच्च अदालत, दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसका विरुद्ध चौधरीसहित आठ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका…