काठमाडौं, जेठ २७ । ‘जिब्रो पड्काएर मिठै छ की सुनेर पिएँ, बानी थिएन कसम नाँकै थुनेर पिएँ’ युवा गजलकार अशोक दवाडीले कुराकानीका क्रममा यस्तै एउटा गजलको सेर सुनाए । लमजुङमा जन्मिएर चितवनमा हुर्किएका अशोक हिजोआज काठमाडौंका सडकमा दौडिरहेछन् । उनलाई गजल लेखनको भूतले काठमाडौंमा व्यस्त गराएको छ । गजल लेखनमा लत बसेपछि अशोकलाई एल्बम निकालेर…