Logo १४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026


ललितपुरमा १३ देशका चलचित्र प्रदर्शनी गरिने


0
Shares

काठमाडौं, जेठ २६ । समान ब्यवहार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारका विषयमा १३ वटा देशले निर्माण गरेका चलचित्रहरुको प्रदर्शनी नेपालमा आयोजना हुने भएको छ ।

लतिलपुरमा जेठ २८ गतेदेखि ३ दिनसम्म चल्ने मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न १३ वटा देशका छानिएका ३२ वटा चलचित्र प्रदर्शन गरिने छ ।

आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी लतिलपुरको स्टाफ कलेजमा हुने चलचित्र प्रदर्शनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अस्ष्ट्रेलिया, कम्बोडिया, अमेरिका लगायतका देशले  मानवअधिकारका विषयमा तयार पारेका चलचित्रहरु समावेस छन् ।