नयाँ संरचना र मतदाताहरु बढेकाले केन्द्र र स्थल बढाउनुपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले ‘मतदान केन्द्र पुनरावलोकन’ समितिको बैठकबाट यस्तो निर्णय गरेको हो । २०७० सालको संविधानसभा निर्वाचनमा २०२ मतदानस्थल र ४५९ मतदान केन्द्र भएकोमा हाल २३३ स्थल र ५०० ओटा केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए…