१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बलेफीमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, असार २८ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत बलेफीका आज बिहान गएको पहिरोको कारण सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जाने र आउने सयौं गाडी अलपत्र परेका छन् । पहिरो खस्ने क्रम नरोकिँदा तत्काल सडक संचालनमा ल्याउन नसकिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।