काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरुको बैठक बसिरहेको छ । नयाँ गठबन्धनमा आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने छलफलमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने बताइएको छ । प्रदेशका मुख्यमन्त्रीहरु पनि आलोपालो गरिने दलहरुबीच…