काठमाडौं, साउन ३ । राजधानी उपत्यकाका झण्डै २५ प्रतिशत खानेपानी ट्यांकरले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने दुषित पानी बाँडिरहेको पाइएको छ । उपभोक्ताले वैकल्पिक स्रोतका रुपमा उपभोग गर्दै आएको ट्यांकरको पानीमा हानिकारक तत्व एमोनिया र आइरनको मात्रा उच्च भेटिएको हो । उपत्यका खानेपानी व्यवस्थापन बोर्डले बैशाखमा उपत्यकाका चोक चोक पर्खेर पानी बोकेका ट्यांकर तथा विभिन्न…