काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।…