धादिङ, असोज ६ । त्रिभुवन राजपथअन्तर्गत् धादिङको नौबिसे–४ कानाकोटमा विहीबार अपराह्न टिप्पर ट्रक र माइक्रोबस ठोक्किँदा माइक्रोचालकसहित १० जना घाइते भएका छन् । काठमाडौंबाट बैरेनीतर्फ जाँदै गरेको बा४ख २८९६ नम्बरको टिप्परले पोखराबाट काठमाडौं आउँदै गरेको बा३ख ६१६५ नम्बरको माइक्रोबसलाई ठक्कर दिएको थियो । घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनापछि…