काठमाडौं, असोज २१ । नवरात्रअन्तर्गत आज षष्ठी तिथि । शक्ति स्वरुपा देवी कात्यायनी माता भवानीको विशेष पूजा आराधना गरिँदैछ । कात्यायनी भगवतीको पूजाका लागि देशका शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ । अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रार्दुभाव भएकी कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको…