काठमाडौं, कात्तिक १९ । थाइल्यान्डका परराष्ट्रसचिव बुसाया माथेलिनले शुक्रबार काठमाडौंको श्रीकीर्ति विहारका भिक्षुहरुलाई कठीन चिवरदान गरेकी छन् । थाइल्यान्डका युवराज महावाजिरालोङकोर्नको जन्मदिनको अवसरमा श्रीकीर्ति विहारका भिक्षुहरुलाई कठीन चिवरदान गरिएको हो । थाइ नरेश भूमिबोल अब्दुल्यादेजको निधनपछि राजकाजको कार्यभार स्वतः युवराज महावाजिरालोङकोर्नको सरेको भएपनि आगामी डिसेम्बर १ तारिखदेखिमात्र उनले राजभार सम्हाल्ने तय भएको छ । कठीन…