कविराज घिमिरे (इमेज)धनकुटा, कात्तिकश २२ । अल्पसंख्यक आठपहरिया जातिले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् । किरात आठपहरिया समाज केन्द्रीय समितिले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरी धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेको हो । समितिले पुस्तौंअघिबाट आठपहरियाको बसोबास रहेको धनकुटालाई स्वायत्त क्षेत्र घोषणा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।…