कञ्चनपुर, कात्तिक २४ । विद्यार्थी बोकेर ल्याउँदै गरेको म १ ख ६०७ नम्बरको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको उक्त बस दुर्घटनामा घाइते हुनेमा सात विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए । घाइते सबैको झलारीस्थित…