मोरङ, मंसिर १३ । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ, लौरोको साहारामा भित्र–बाहिर गर्छ अथवा छोरा वा नातिको साहारामा बाँचीरहेको हुन्छ । तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाएका छन् ।…