भैरहवा, मंसिर २१ । भैरहवामा मंगलबार र्यालीको आयोजना गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा आह्वान गरिएको जनप्रदर्शनमा हजारौं सर्वसाधारण सहभागी भएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘हिमाल पहाड तराई, कोही छैन पराइ’, ‘५ नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, राष्ट्रघाती विधेयक चाइँदैन’ भन्ने नारा लगाएका थिए । सिद्धार्थ नगर उद्योग वाणिज्य…