काठमाडौं । आज ४२ औ बीपी स्मृति दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज बीपी स्मृति दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । कोइराला २०१५ सालको संसदीय चुनावपछि २०१६…