बझाङ, जेठ २७ । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आइतबार बझाङको सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर र सिटी बजाएर प्रदर्शन गरेको छ । गत सातादेखि चरणबद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरुले सदरमुकाम चैनपुरमा नारा जुलुससहित अर्धनग्न जुलुस निकालेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुको मूल्यमा समेत असर पारेका कारण आन्दोलन गर्नु…