काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । बैठकमा मंगलबार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । यसैगरि महामन्त्री मुकुल ढकालले नीति विचार पेस गर्ने कार्यतालिका रहेको छ । बुधबारसम्म चल्ने बैठकले पार्टीको विधानअनुसार महाधिवेशनको प्रक्रियाबारे निर्णय लिने प्रवक्ता डा. ढकालले जानकारी दिनुभयो ।…