काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली शुरुवात गरेको छ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको शुरुवात गरेको जनाएको हो । टोकन प्रणालीको शुरुवातसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरुवात…