काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने महासचिव भुसालले बताउनु भयो । साथै प्रदेश, क्षेत्र र…