नरेन्द्र मानन्धर/मिलन भण्डारी काठमाडौं, चैत २ । दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका छन् । रेमिट्यान्सकोभरमा देश चलिरहँदा ग्रामीण बस्तीहरुमा भने अनेकखाले समस्याहरु प्रकट हुन थालेका छन् । यस्तै दुखेसो बोकेर राजधानी आइपुगेका छन्, चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप । गत सोमबार राति थिन्ले लोण्डुप बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटिए…