काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दुई दिन शनिबार र आइतबार बस्ने जनाइएको छ । दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने…