काठमाडौं, वैशाख ३१ । ट्राफिक जरिवाना भोलिदेखि बृद्धि हुने भएको छ । सरकारले बृद्धि गरेको सवारी नियम उल्लंघनको जरिवाना भोलिदेखि लागू हुने ट्राफिक प्रहरी महाशाखले जनाएको हो । ट्राफिक नियम उल्लंघन गर्ने चालकले भोलिदेखि न्युनतम पाँच सय रुपैयाँ देखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नु पर्नेछ । यातायात व्यवस्था ऐन २०४९ मा भएको जरिवानाको…