काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे शुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले राष्ट्रिय सभामा…