काठमाडौं, जेठ २७ । नेकपा माओवादीले विहीबार गरेको नेपाल बन्दकाक्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने काठमाडौंबाट २८, ललितपुरबाट १४, भक्तपुरबाट तीन, कास्कीबाट आठ, चितवनबाट एक, कालीकोटबाट १० र सुनसरीमा तीन गरी ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको तीनकुने मुनिभैरव नजिक बा१ज ८२०६ नम्बरको ट्याक्सीमा ‘कलंकी जान्छु’ भनी चढेका दुईजना अपरिचित व्यक्तिले…